राजनीति


प्रधानमन्त्रीको भारत भ्रमणबारे सांसदको कटाक्ष : चामलसँग पिठो साटेर आएछन्

प्रधानमन्त्रीको भारत भ्रमणबारे सांसदको कटाक्ष : चामलसँग पिठो साटेर आएछन्

नेपालखबर
जेठ २२, २०८० सोमबार १४:४, काठमाडौँ

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई हरिवंश आचार्यको गीतसँग तुलना गरेका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै उनले प्रधानमन्त्रीले भारत गएर चामलसँग पिठो साटेर फर्किएको बताएका छन्। 

‘मलाई एउटा गीत याद आएको छ, ‘हाम्री आमा साह्रै नै बाठी छन् चामलसँग पिठो पो साटिछन्’, प्रधानमन्त्रीको भारत भ्रमण त्यस्तै भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रा एजेन्डा उधारो रहे तर हामीले भारतका एजेन्डामा हस्ताक्षर गर्यौँ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमण पनि कम्फरटेबल रहेको भन्दै कटाक्ष गरे। 

‘इपीजी, सन्धि पुनरवलकोन, सीमा समस्या, व्यापार घाटा र कीटनाशक सामग्री प्रयोग हुने सामान जाँच नहुँदा नेपाली पीडित थिए। तर यी सबै कुरामा उधारै छाडेर प्रधानमन्त्री फर्किनु भए छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .