प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले जनयुद्ध दिवस मनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको फेरि विरोध गरेका छन्।
गत फागुन १ गतेदेखि सरकारले जनयुद्ध सुरु गरिएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेपछि ओलीले फेरि आपत्ति जनाएका हुन्।
‘फागुन १ गते खै के दिवसा, के उत्सव मनाउने रे? यो पनि राष्ट्रिय दिवस हो? हामी शान्ति प्रक्रियामा सहभागी भएका हौँ’, उनले भने, ‘हामी पुराना कुरा छाडेर अघि बढेको त्यस्ता गतिविधि (जनयुद्ध) बढावा दिन होइन। हामी त्यस्ता कुराको जयजयकार गर्दैनौँ। मैले यो दिवस नमनाऊँ भन्दा प्रधानमन्त्रीजीले शेरबहादुर देउवाजीसँग सहमति लिइसकेँ भन्नु भयो। तर यसबारे कांग्रेसले के गर्छ थाहा छैन, अहिलेसम्म चुप लागेको छ।’
ओलीले विचार सिद्धान्त मतलब नभएकाले कांग्रेसलाई सत्ता भए पुग्ने पनि बताए। उनले कांग्रेसको नीति नै नरहेको पनि उल्लेख गरे।
Shares
प्रतिक्रिया