ad ad

राजनीति


संसद अवरुद्ध हुने कुरा अनौठो होइन : रमेश लेखक

संसद अवरुद्ध हुने कुरा अनौठो होइन : रमेश लेखक

नेपालखबर
जेठ २२, २०८० सोमबार १८:३३, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन्।

सोमबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका छन्। 

उनले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र् नेताहरू एक ठाउँमा छलफल गर्ने थलो भएको बताए। उनले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए।

‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरू र मानिसहरूको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ,’ उनले भने, ‘संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ। तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो।’

उाले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .