ad ad

राजनीति


कांग्रेसको ‘रूपान्तरण अभियान’लाई देउवाको गृहप्रदेशमा ‘झड्का’

कांग्रेसको ‘रूपान्तरण अभियान’लाई देउवाको गृहप्रदेशमा ‘झड्का’

फाइल तस्बिर : कर्णालीमा आयोजित कांग्रेस ‘रूपान्तरण अभियान’को कार्यक्रम


नेपालखबर
जेठ २६, २०८० शुक्रबार ६:५३, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेका तेस्रो पुस्ताका नेताहरूको ‘रूपान्तरण अभियान’लाई सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम पुग्दा झड्का लागेको छ। 

पार्टीका कमीकमजोरी, विकृति–विसंगति अन्त्यलाई मुख्य एजेन्डा बनाएर जेठ ११ गते मधेस प्रदेशबाट सुरु गरिएको रूपान्तरण अभियान सुदूरपश्चिम प्रदेश पुग्दा कैलाली कांग्रेसले बेवास्ता गरेको हो। 

इतर समूहका नेताहरूले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रूपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम राखेकै दिन शुक्रबार कैलाली कांग्रेसले छुट्टै कार्यक्रम आयोजना गरेको छ। 

सभापति देउवालाई दोषारोपण गर्दै ५ प्रदेशमा इतर समूहले सम्पन्न गरिसकेको विशेष कार्यक्रम प्रभावित पार्न कैलाली कांग्रेसले धनगढीबाट झण्डै ६० किलोमिटर टाढा जिल्ला कार्यसमिति बैठक बोलाएको हो। 

यद्यपि, कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जिल्ला कार्यसमिति बैठकलाई नियमित बैठक भनेका छन्। 

उनले इतर समूहले धनगढीमा विशेष कार्यक्रम गर्ने भनेको समयमै चुरे गाउँपालिका–६ गढीमा जिल्ला कार्यसमिति बैठक बोलाएका छन्। बैठक शुक्रबार बिहान ११ बजे सुरु हुने बताइएको छ। 

सोही समयमा इतर समूहले धनगढीको सहिद गेटनजिक सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम गरिने जनाएको छ। 

उक्त समूहले यसअघि जेठ ११ गते मधेस प्रदेशको जनकपुरमा, १६ गते बागमती प्रदेशको काठमाडौंमा, २० गते गण्डकी प्रदेशको पोखरामा, २२ गते लुम्बिनी प्रदेशको दाङ र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा विशेष कार्यक्रम सम्पन्न गरिसकेको छ।

ती प्रदेशहरूमा इतर समूहको कार्यक्रम हुँदा कार्यक्रम आयोजना गरिएका कुनै पनि जिल्लामा कैलाली जस्तो अवस्था आएको थिए। 

उनीहरूले जेठ २९ गते कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय विशेष कार्यक्रम गरेर रूपान्तरण अभियानको पहिलो चरण सम्पन्न गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .