ad ad

राजनीति


अमरेशका समर्थकले आक्रमण प्रयास गरेको भन्दै कांग्रेस नेता ठाकुरले मागे सुरक्षा

अमरेशका समर्थकले आक्रमण प्रयास गरेको भन्दै कांग्रेस नेता ठाकुरले मागे सुरक्षा

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १४:५४, काठमाडौँ

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका नेपाली कांग्रेस सर्लाहीका नेता विकासकुमार ठाकुरले स्थानीय प्रशासनसँग सुरक्षाको माग गरेका छन्।

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सिंहका समर्थकहरूले आफूमाथि आक्रमणको प्रयास गरेको भन्दै उनले शुक्रबार जिल्ला प्रशासन कार्यालयसँग लिखित रुपमा सुरक्षा माग गरेका हुन्। 

नेता ठाकुरले स्थानीय प्रशासनमा दिएको निवेदनमा बिहीबार राती सदरमुकाम मलंगवाबाट कविलासी–७ मा पर्ने गैरबजारस्थित घर फर्किने क्रममा आफूमाथि सांसद सिंहका ६ जना समर्थकहरुले गम्हरिया र सलेमपुरको बीचमा आक्रमणको प्रयास गरेको उल्लेख गरेका छन्। 

स्थानीय प्रशासनले शुक्रबार नै ठाकुरले दिएको निवेदनका आधारमा आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरेको छ। 

ठाकुरले गत वैशाख २५ गते सांसद सिंहको सम्पत्ति छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .