राजनीति


मोर्चालाई बाबुरामको प्रश्न : पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ बनाउने ?

मोर्चालाई बाबुरामको प्रश्न : पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ बनाउने ?

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार ७:११, काठमाडौँ

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा एकीकृत समाजवादी मिलेर गत सोमबार समाजवादी मोर्चा गठन भयो। तर मोर्चाका शूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै त्यहाँ अटाएनन्।

मोर्चा गठनपछि उनले मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत मोर्चाको कडा आलोचना गरेका उनले आफूलाई शृंखलाबद्ध रूपमा तेस्रोपटक निषेध गर्न खोजिएको आरोप लगाएका थिए।

बुधबार राति पुन: उनले मोर्चामाथि टिप्पणी गरेका छन्।

उनले समाजवादी विकल्प निर्माणको सन्दर्भमा अहिले भइरहेका बहस  अन्तरनिहीत विचार,राजनीति,संगठन,संस्कारको रूपमा बुझ्नुपर्ने बताएका छन्। व्यक्तिगत लाभहानी,रिसइवी,धोकाधडीको रूुपमा वैकल्पिक शक्तिको नयाँ समाजवादी निर्माण नहुने टिप्पणी उनले गरेका छन्।

अहिलेको मोर्चा पुरानै गाडीको डेन्टिङ पेन्टिङ भएको आरोप लगाउँदै भनेका छन्, 'पुरानै गाडी डेन्टिङ पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने मुख्य बहस हो।' 

अगुल्टो ठोसेर नै आगो बल्ने बिर्सिन नहुने बताउँदै उनले एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सिन नहुने बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .