राजनीति


एमालेप्रति हर्क साम्पाङको आक्रोश : अनि बिस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु

एमालेप्रति हर्क साम्पाङको आक्रोश : अनि बिस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु

फाइल फाेटाे


नेपालखबर
असार १७, २०८० आइतबार २१:३, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर कोष र उपमेयर कोष खारेजको प्रस्ताव राखेको भन्दै नेकपा एमालेप्रति आक्रोश पोखेका छन्। 

यही असार १० गते भएको धरान उपमहानगरको १३औँ नगरसभामा एमालेका जनप्रतिनिधिहरूले मेयर कोष र उपमेयर कोष खारेज गरी बजेट वडामा दिन माग गरेका थिए। सोही विवादका कारण असार २१ गते बस्नेगरी नगरसभा स्थगन गरिएको छ। 

एमालेको उक्त प्रस्तावप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मेयर साम्पाङले मेयर र उपमेयर पद नै खारेजको माग गर्नु भनी कटाक्ष गरेका हुन्। 

उनले अगाडि लेखेका छन्, ‘अनि बिस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .