राजनीति


कांग्रेसले भन्यो : पार्टी नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोध र आलोचना नगर्नू

कांग्रेसले भन्यो : पार्टी नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोध र आलोचना नगर्नू

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार १८:१६, काठमाडौँ

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोध नगर्न आग्रह गरेको छ। 

कांग्रेस केन्द्रीय कार्यालय, सूचना ,सञ्चार तथा प्रचार विभागको सोमबार बसेको बैठकले सबै नेता कार्यकर्तालाई यस्तो आग्रह गर्ने निर्णय गरेको हो।

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको नेतृत्वमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीको नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने।’

त्यसैगरी यो बैठकले सञ्चार तथा प्रचार विभागको आफ्नै वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल पेज पनि सञ्चालनको निर्णय गरेको छ। 

‘विभागको आफ्नै वेबसाइट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने। पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने’, निर्णयमा भनिएको छ, ‘तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उपस्थित ३५ जना सदस्यहरुले आफ्ना धारणा राखेका विश्वकर्माले बताए। 

यस्ता छन् निर्णय
१. नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरियो। 

२. नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुयाउने।

३.पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने।

४. विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने।

५ विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने। 

६. विभागको आफ्नै वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने।

७ विभागको कामलाई प्रभावकारी बनाउन तपशिल बमोजिम निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले आजका मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्देशिका मस्यौदा समितिमा संयोजक श्री दिपकप्रसाद कुईकेल र सदस्यहरु श्री गोविन्द परियार, श्री गणेश के सी. श्री लिला खनाल, श्री अनुषा नेपाल, श्री राजबहादुर गुरुङ्ग र श्री निमग हुमागाई रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक श्री गोपालकुमार का र सदस्यहरु श्री तिलक राई, श्री उमिद वागचन, ई हुकम बुढा, श्री विष्णु तिम्सीना, ई राघव गौतम र श्री रम्मा मिश्र रहेका छन्।

८. नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको आज पर्न गएको शताब्दीऔं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरियो। आज पर्न गएको गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुज्यूहरुप्रति हार्दिक सम्मान व्यक्त गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .