नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए।
उनले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताए।
‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरी नेपालको राजनीतिमा सबैको भुमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ। त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ।’
सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको पनि उनले बताए।
‘एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी,
जनजाति, सबैको पार्टी हो। हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरुले सहभागिता,समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा,’ उनले भने।
सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको पनि बताए।
Shares

प्रतिक्रिया