राजनीति


उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना

उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना

सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई बिहीबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त/रासस


रासस
भदौ १४, २०८० बिहिबार १९:२३, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ भर्ना भएका छन्।

उनी प्रोस्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका हुन्। 

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उनको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ। 

शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिए। 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad