राजनीति


विशेष रुपान्तरण अभियान : सोलुखुम्बुमा माओवादीले निर्माण गरे सार्वजनिक सडक

विशेष रुपान्तरण अभियान : सोलुखुम्बुमा माओवादीले निर्माण गरे सार्वजनिक सडक

नेपालखबर
भदौ १७, २०८० आइतबार १३:४८, सोलुखुम्बु

नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनश्रमदानमार्फत सार्वजनिक सडक निर्माण गरेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को सुरुवात गरेको छ। 

माओवादी केन्द्रले सञ्चालन गरेको तीनमहिने अभियानको पहिलो दिन शनिबार सोलुखुम्बुका विभिन्न ठाउँमा जनश्रमदान मार्फत् सडक निर्माणसहितका काम गरिएको माओवादी केन्द्र सोलुखुम्बुका इन्चार्ज निर्मल बरालले जानकारी दिए। 

बरालका अनुसार सोलुखम्बुको नेचा सल्यान गाउँपालिका ३ मा पर्ने मुख्य सडकको ३ किलो मिटर सडक शनिबार माओवादी नेता कार्यकर्ताले श्रमदानमार्फत् मर्मत गरेका छन्।

त्यसैगरी माओवादीले माप्ये दुधकोशी गाउँपपालिका ६ बाकु दिम्कुमा वर्षाले बिगारेको मोटरबाटो मर्मत गरेको छ। 

सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा मन्दिर परिसर सरसफाई, गोरेटो बाटो सरसफाई र मर्मतसहितका काम गरिएको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ। 

अभियानको क्रममा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गर्नुका साथै पार्टीपौवा र धार्मिक सांस्कृतिक परिसरमा पनि सरसफाई र मर्मत गरिएको पार्टी इन्चार्ज बरालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad