राजनीति


मन्त्री किरातीले मन्त्रालय कसले चलाउँछ, थाहा छैन भनेपछि एमाले सांसद बरालको आपत्ति

मन्त्री किरातीले मन्त्रालय कसले चलाउँछ, थाहा छैन भनेपछि एमाले सांसद बरालको आपत्ति

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १८:४८, काठमाडौँ

नेकपा एमालेकी सांसद सुनिता बरालले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उपस्थित मन्त्री किरातीलाई बरालले ‘मन्त्रालय कसले चलाउँछ भन्नेबारे थाहा नभएको’ भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको उल्लेख गरिन्। 

उनले मन्त्रालयको बजेट कसले बनाएको भन्नेबारे थाहा नभएको र टिकटमा लगाइएको भ्याटबारे पनि अनभिज्ञता प्रकट गरेकामा आपत्ति जनाइन्। 

‘मन्त्रीज्यूले मन्त्रालय नै कसले चलाउँछ भन्ने थाहा नभएको बताउँदै हिंड्नुभएको छ। टिकटमा भ्याट लागेको कुरा थाहा छैन, मन्त्रालयको बजेट कसरी बन्यो भन्ने पनि थाहा पाइन भन्ने उहाँको कुरा ठीक भएन’, बरालले भनिन्, ‘पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीलाई थहा हुँदैन भने हामीले कसलाई थाहा हुन्छ?’ 

उनले आफूलाई मन्त्रालयबारे केही थाहा छैन भन्नुभन्दा काम गर्न नसकेको स्वीकार गर्नु बुद्धिमानी हुने सुझाव उनले किरातीलाई दिइन्। 

मन्त्रालय कसले चलाइहरेको छ र कसले काम गर्न नदिएको हो भन्नेबारे समितिलाई जानकारी चाहिने उनको भनाइ थियो। 

प्रधानमन्त्रीको तहबाट काममा अवरोध आएको भए आफूहरुलाई जानकारी गराउन भन्दै बरालले त्यसमा सहजीकरण गर्न समिति लाग्ने उल्लेख गरिन्। 

‘मन्त्रीले नै त्यस्ता कुरा गर्दै हिँडेपछि पर्यटन मन्त्रालयको नेतृत्व को हो भन्ने प्रश्न उठेको छ’, उनले भनिन्, ‘मन्त्रीज्यूले थाहा छैन, होइन मेरो ठाउँबाट मैले सकिन मभन्दामाथि प्रधानमन्त्रीज्यूकहाँ जानुपर्छ भनेर लाग्नुभयो भने हामी पनि लागौँला।’ 

फरक प्रसंगमा उनले नेपालका विमानस्थलहरुमा पटकैपिच्छे मन्त्रीहरुले आफ्ना मानिस कर्मचारीका रुपमा भर्ती गर्ने गरेकाले दक्ष जनशक्तिको अभाव रहेको दाबी गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad