राजनीति


एमाले र एकीकृत समाजवादीमा जानसक्छु, माओवादीमा जान्न : वामदेव

‘प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छ’
एमाले र एकीकृत समाजवादीमा जानसक्छु, माओवादीमा जान्न : वामदेव

नेपालखबर
भदौ २०, २०८० बुधबार १७:२७, काठमाडौँ

पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘हामी नेपालको सबै कम्युनिष्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु। म माओवादी केन्द्रमा जान सक्दिन,’ उनले भने, ‘किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए। राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन्।’

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताए।

जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे। 

राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको जिकिर छ। नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे। उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नैपर्ने बताए।

‘कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन। संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ। नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन,’ गौतमले भने, ‘उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ। त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे। 

पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शकाको घेरामा आएको निस्कर्ष निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .