नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि निकालिएको छ।
संविधानसभाका अध्यक्ष नेम्वाङको शव नेपाली सेनाको गाडीमा हालेर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्याल च्यासलमा लगिएको हो।
त्यहाँ उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि राखिने छ। उनका दुवै छोरा अस्ट्रेलिया र बेलायतबाट आएपछि मुन्धुमी विधिअनुसार उनको अन्तिम संस्कार गरिनेछ।
भदौ २६, २०८०, मंगलबार
84
Shares
प्रतिक्रिया