राजनीति


असाधारण शक्ति र ऊर्जाका लागि जनताकोमा गएका हौं : माओवादी केन्द्र

असाधारण शक्ति र ऊर्जाका लागि जनताकोमा गएका हौं : माओवादी केन्द्र

नेपालखबर
भदौ ३०, २०८० शनिबार १४:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आफूहरूलाई चाहिएको असाधारण शक्ति र ऊर्जाका लागि ‘जनतासँग माओवादी’ अभियानको थालनी गरिएको बताएको छ। 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको मन जित्दामात्रै विजय हासिल गर्न सकिने आफूहरूको बुझाई रहेको बबताए।

‘हामीलाई असाधारण खालको शक्ति र ऊर्जा चाहिएको छ। हामी त्यो शक्ति प्राप्त गर्नका लागि जनताकोमा जाँदैछौं,’ प्रवक्ता सापकोटाले भने, ‘जुन पार्टीले जनताको मन जित्छ उसले विजय हासिल गर्छ।’

जनताको मन दुख्दा देश नै समाप्त हुनसक्ने उनको भनाइ थियो। 

‘जब जनताको मन दुख्छ त्यतिबेला देश नै समाप्त हुन पनि सक्छ। जनतासँगै जाने कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त हो,’ उनले भने, ‘हामी धेरै भाषण गरिरहेका छैनौं। विभिन्न खालका सिर्जनात्मक कामहरू भइरहेका छन्।’

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सबैभन्दा पहिला आफैंलाई बदल्नका लागि भएको भन्दै उनले ४ वटा शब्दमा त्यसलाई संक्षिपिकरण समेत गरे। 

‘मुख्य कुरा अहिले हामी आत्मसुद्धि, आत्मसुधार,  आत्मनविकरण, आत्मअभिवृद्धिको चरणबाट अघि बढ्दैछौं,’ सापकोटाले भने, ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सबैभन्दा पहिला आफैंलाई बदल्नका लागि यी ४ वटा शब्दमा संक्षिपिकरण गरेँ।’

यो अभियानले पार्टीभित्र देखिएका अन्तरविरोध, जबसभित्र देखिएका अन्तरविरोध, मुक्तिमोर्चामा देखिएका अन्तरविरोधहरु क्रमशः हल हुँदै गएको उनले दाबी गरे। 

‘जनताको सिर्जनशिलतालाई बढाउने, जनताको उत्साहलाई बढाउने लक्ष्यमा हामी उत्साहवद्र्धक रुपमा अघि बढेका छौं,’ प्रवक्ता सापकोटाले भने। 

वैचारिक पुनर्गठन, सांगठानिक पुनर्गठन, राजनीतिक पुनर्गठन, सांस्कृतिक पुनर्गठन। विचार र नीतिका बारेमा जनतालाई बुझाउने माओवादीको तयारी रहेको उनले जानकारी गराए।

साथै, उनले राष्ट्रिय सुरक्षामा अहिले सबैभन्दा जटिल अवस्थामा देश पुगेको पनि बताए। 

‘राष्ट्रिय सुरक्षाको हिसाबमा अहिले हामी इतिहासको सबैभन्दा जटिल र पेचिलो अवस्थामा पुगेका छौं। यसको सवालमा पनि हामीले आफू पनि प्रशिक्षित हुने र जनतालाई पनि अध्ययन गर्न प्रेरित गर्ने काम गर्नुपर्नेछ,’ सापकोटाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .