ad ad

राजनीति


प्रज्ञा प्रतिष्ठानलाई कमल थापाको प्रश्न- ॐ शब्द शब्दकोशबाट हटाउनुपर्ने कारण के हो?

प्रज्ञा प्रतिष्ठानलाई कमल थापाको प्रश्न- ॐ शब्द शब्दकोशबाट हटाउनुपर्ने कारण के हो?

फाइल फाेटाे : राप्रपा नेपालका अध्यक्ष कमल थापा


नेपालखबर
असोज ६, २०८० शनिबार १९:५०, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजेको भन्दै यस विषयमा स्पष्ट पार्न आग्रह गरेका छन्। 

ॐ शब्दको महत्त्वबारे उल्लेख गर्दै अध्यक्ष थापाले यो शब्दकोशबाट हटाउनुपर्ने कारण प्रज्ञा प्रतिष्ठानसँग मागरेका छन्। 

‘नेपाली शब्दकोशबाट ॐ हटाउन खोजिएकोबारे स्पष्ट पार्न प्रज्ञा प्रतिष्ठानलाई आग्रह गर्दछु’, अध्यक्ष थापाले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ॐ केवल पवित्र ध्वनि मात्र होइन, यो अनन्त र सनातन शक्तिको प्रतीक पनि हो। ॐ शब्द विश्वका प्रायः सबै मुख्य संस्कृतिसँग सम्बन्धित छ। यसलाई शब्दकोशबाट हटाउनुपर्ने कारण के हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .