राजनीति


सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर सक्रिय

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर सक्रिय

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १४:७, काठमाडौँ

सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लस्टर (ईटीसी)लाई सक्रिय बनाएको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लस्टर सक्रिय बनाउने निर्णय गरेको हो। 

बैठकले भूकम्प प्रभावित क्षेत्रहरूमा टेलिफान तथा इन्टरनेट सेवा सुचार गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ।

त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दु र सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने रहने पनि बैठकले गरेको छ। 

बैठकले भूकम्प प्रभावित क्षेत्रहरुबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको छ। 

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ।

बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए। 

बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार पत्रकार महासंघलगायत दूरसञ्चार तथा आम सञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .