ad ad

राजनीति


कोप–२८ मा सहभागी हुन यूएई प्रस्थान गरे प्रधानमन्त्री प्रचण्ड

कोप–२८ मा सहभागी हुन यूएई प्रस्थान गरे प्रधानमन्त्री प्रचण्ड

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर १३, २०८० बुधबार २१:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्। यूएईको दुबईमा हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। 

उनी नेपाल एयरलाइन्सको विमानबाट दुबई प्रस्थान गरेका हुन्। 

उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतले विदाइ गरे। 

१४–१६ मंसिरमा हुने सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड यूएईको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। 

उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वान स् जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ?’ शीर्षकको उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने बताइएको छ।

उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .