राजनीति


एमालेको सरकार ढलेपछि अस्थिरता बढ्यो, अर्थतन्त्र ओरालो लाग्यो : ओली

एमालेको सरकार ढलेपछि अस्थिरता बढ्यो, अर्थतन्त्र ओरालो लाग्यो : ओली

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १४:४५, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहिक काम भइरहेको टिप्पणी गरे

‘हामी पछाडी फर्किन सक्दैनौँ। फेरि रैती हुन सक्दैनौँ। जन्मिदै कोही राजा हुन जन्मिन्छ कोही दास हुन जन्मिन्छ भनेर मान्दैनौँ,’ उनले भने, ‘अब गरिबी अन्त्य हुनैपर्छ, त्यो काम सरकारको हो।’

एमालेको सरकार ढलेपछि देशको राजनीति अस्थिरता हुनुका साथै अर्थतन्त्र ओरालो लागेको ओलीको दाबी छ।

‘हामीले सरकार छोडेपछि यी अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिरतामा गयो, रोजगारीका अवसर समाप्त भए,’ उनले भने, ‘देश झन् झन अफ्ठ्यारो पर्दैछ, अहिले कर्मचारी पाल्ने पैसा पनि सरकारसँग छैन, आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नु पर्ने अवस्था पहिलो चार महिनामा परेको छ भने कस्तो अवस्था होला?’

पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएकोमा उनले आपत्ति जनाए। ‘पहिचानको सवाल एमालेले सबैभन्दा बढी सम्बोधन गरेको छ, संविधानमा समानुपातिक र समावेशीताको सिद्धान्त सामेल गरेका छौँ,’ उनले भने, ‘हिंसा फैलाउने, अराजकता र आतंक फैलाउने पहिचानको राजनीति हुन सक्दैन।’

सरकारले बेरोजगारी समस्या हटाउनु पर्नेमा उनले जोड दिए। ‘मेरो कार्यकालमा विदेशमा जाने युवा १८ प्रतिशत घटेको थियो,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘९ लाख मानिसलाई हामीले गरिबीको रेखाभन्दा माथि राखेका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .