राजनीति


नेकपाले जीवित नेताको फोटो ब्यानरमा नराख्ने

नेकपाले जीवित नेताको फोटो ब्यानरमा नराख्ने

नेपालखबर
माघ १९, २०७६ आइतबार १०:५०,

नेकपाले अबदेखि जीवित नेताको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको छ। जारी केन्द्रीय समितिको बैठकबाट आइतबार नेकपाले यस्तो निर्णय गरेको हो।

केन्द्रीय समितिको बैठकस्थलमा टाँगिएको ब्यानरमा अध्यक्षद्वय केपी ओली र प्रचण्डको तस्बिर राखिएकोमा नेताहरुले कडा आपत्ति जनाएका थिए।

ब्यानरमा नेकपाका संस्थापक नेता पुष्पलाल र मदन भण्डारीको फाटो राखिएको छ। त्यस भन्दा तल अध्यक्षद्वयको फोटो छ। अध्यक्षद्वयको फोटो हटाउन माग गर्दै केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए।

नेताहरुकाे आपत्तिपछि अबदेखि जीवित नेताकाे फाेटाे नराख्ने निर्णय गरिएकाे हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad