राजनीति


गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १३:२४, काठमाडौँ

मुटुमा समस्या देखिएपछि यही मंसिर १९ गते गंगालाल सहिद राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार डिस्चार्ज भएका छन्। 

चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गृह मन्त्रालयले जनाएको छ। 

अस्पतालमा उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो। स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आज डिस्चार्ज गरिएको जनाइएको छ। 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’

गृहमन्त्री श्रेष्ठको उपचारमा संलग्न डा. अरुण मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति गृह मन्त्रालयले आभार पनि प्रकट गरेको छ। 

यसैगरी उपचारका बेला अस्पताल पुगी स्वास्थ्य लाभको कामना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीलगायत राजनीतिक, प्रशासनिक र कूटनीतिक क्षेत्रका व्यक्तित्व एवं विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकलाई मन्त्रालयले धन्यवाद पनि दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .