ad ad

राजनीति


कार्यक्षमतामा प्रश्न उठाउँदै कोशीका मुख्यमन्त्रीमाथि खनिए गुरु घिमिरे

कार्यक्षमतामा प्रश्न उठाउँदै कोशीका मुख्यमन्त्रीमाथि खनिए गुरु घिमिरे

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८० बुधबार १६:३५, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको कार्यक्षमतामा गम्भीर प्रश्न उठाएका छन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै घिमिरेले आफ्नै समूहबाट मुख्यमन्त्री बनेका कार्कीले काम गर्नुको साटो महामन्त्री गगन थापालाई गाली गर्दै हिँडेको बताए। 

घिमिरेले नेकपा एमालेको समेत सहयोगमा मुख्यमन्त्री बनेका कार्कीको कार्यक्षमतामा प्रश्न उठाउँदै दुई महिना बित्दा पनि क्याबिनेट विस्तार गर्न नसकेको बताए। 

‘कोशीमा मुख्यमन्त्री भएको दुई महिनासम्म क्याबिनेट विस्तार हुन सकेको छैन’, घिमिरेले बैठकमा भने, ‘उनै मुख्यमन्त्री (केदार कार्की) बाहिर आफ्नै महामन्त्री (गगन थापा) लाई गाली गर्दै हिँडेका छन्। महामन्त्रीलाई गाली गर्न मुख्यमन्त्री बनाएको हो?’

घिमिरेले कोशी सरकारको कार्यशैलीमा पनि प्रश्न उठाए। सरकारले गति लिन नसकेको आरोप लगाएका घिमिरेले यसबारे समीक्षा आवश्यक रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .