गणतन्त्रविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा कार्यक्रम सरेको छ।
मंसिर ३० गते घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम प्रसाईंको स्वास्थ्यका कारण सार्नुपरेको नागरिक बचाउ अभियानले जनाएको छ। अब पुस मसान्तभित्र घोषणा गरिने अभियानका अध्यक्षमण्डलका सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीले नेपालखबरलाई जानकारी दिए।
दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा ‘नागरिक सरकार’ घोषणा गर्ने
उनका अनुसार, हालसम्म ३१ वटा जिल्ला भेला सम्पन्न भएका छन्। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि भेला गरिसकिएको छ। पुस मध्यसम्म सबै जिल्लामा सम्पन्न गरिनेछ। पुस १५ देखि प्रसाईँले जिल्ला तथा प्रदेश भेलामा सम्बोधन गर्नेछन्।
प्रसाईंको घाँटीमा समस्या, ९ दिनसम्म नबोल्ने
यसबीचमा विभिन्न ‘राष्ट्रवादी’ शक्तिहरूसँग सहकार्यका लागि छलफल पनि भइरहेको कार्कीले बताए।
1.3k
Shares

प्रतिक्रिया