राजनीति


गंगालाई जोडेर झुटो कुरा उछाल्नु लोकतन्त्रविरुद्धको हमला : प्रचण्ड

गंगालाई जोडेर झुटो कुरा उछाल्नु लोकतन्त्रविरुद्धको हमला : प्रचण्ड

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस ३, २०८० मंगलबार १४:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद-बिक्री प्रकरणमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाललाई जोडेकोमा आपत्ति जनाएका छन्।

एनसेलको सेयर खरिद-बिक्री प्रकरणलाई लिएर संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूका जिज्ञासाको उत्तर दिने क्रममा दाहालले यस्तो भनेका हुन्।

दाहालले आफ्नो परिवारमा अब दुईजना मात्रै छोरी बाँकी रहेको बताउँदै अनावश्यक आरोप नलगाउन सांसदहरूलाई सुझाए।

‘हाम्रो परिवारमा अब तीनजना बाँकी छौँ। मसँग अब दुई छोरी छन्। एउटी उतै भरतपुरतिर मेयर बनेर सक्रिय रहेको कुरा तपाईंहरुलाई थाहै छ’, उनले भने, ‘मसँग एकजना गंगा दाहाल छ। तर ऊ कस्ती छ भन्ने तपाईंहरु जानकार हुनुहुन्छ। विचरा गंगालाई जोडेर नभएको कुरा उछालियो। यो लोकतन्त्र र संविधानविरुद्धको हमला हो।’

दाहालले आफूलाई हमला नगरी अहिलेको व्यवस्था नउल्टिने बुझेकाले आक्रमण गरिरहेको पनि बताए।

‘प्रचण्डलाई हमला नगरी यो व्यवस्था उल्टिँदैन भन्ने छ। एकजना सांसद (डा. अमरेश सिंह) ले मलाई अनेक आरोप लगाइरहेका छन्। तपाईंहरूले पनि कुरा उठाउनु भएको छ। उनी जस्ताका कुराको जवाफ दिँदै हिँड्नु उचित हुँदैन’, दाहालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .