राजनीति


निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी

निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी

नेपालखबर
पुस १४, २०८० शनिबार १५:५३, काठमाडौँ

सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो। 

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो। 

यसअघि ईपीएस कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज(डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको छ।

शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भएको  थियो। 

उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले निलम्बनको प्रस्ताव लगेको थियो। जुन स्वीकृत भएको स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .