राजनीति


२० करोडसम्मका योजनामा सिधै लगानी भारतीय प्रभाव कायम राख्नु हो : मसाल

२० करोडसम्मका योजनामा सिधै लगानी भारतीय प्रभाव कायम राख्नु हो : मसाल

नेपालखबर
पुस २०, २०८० शुक्रबार १९:३२, काठमाडौँ

नेकपा (मसाल) ले भारतलाई २० करोडसम्मका योजनामा सिधै लगानी गर्न पाउनेगरी सरकारले गरेको सम्झौताप्रति आपत्ति जनाएको छ।

सम्झौताबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको मसालको ठहर छ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार विज्ञप्ति जारी गरी ‘विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो’ भनेका छन्।

सो सम्झौताबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको ठहर गर्दै मसालले ‘नेपालका विभिन्न विकास योजना, आन्तरिक मामिला र लगानी सम्बन्धी भारतलाई रकम बाँडनका लागि अधिकार दिने भनी भएको सहमतिले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि गम्भीर प्रहार गरेको’ बताएको छ।

‘भारतले नेपालका विभिन्न विकास योजनामा त्यसरी सिधै लगानी गर्न पाउनु भारतीय प्रभावलाई बढाएर लैजानु हो। विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो’ मसालले भनेको छ, ‘त्यसरी त्यो सहमति देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियताका विरुद्ध रहेको कुरा स्पष्ट छ। हामीले त्यो राष्ट्रघाती सहमतिको विरोध गर्दछौँ र त्यसलाई रद्ध गर्नका लागि माग गर्दछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .