राजनीति


प्रधानमन्त्रीसँग पूर्वन्यायाधीशहरू, के भयो कुरा?

प्रधानमन्त्रीसँग पूर्वन्यायाधीशहरू, के भयो कुरा?

नेपालखबर
माघ ११, २०८० बिहिबार १०:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। 

समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको एकता बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरूको भूमिकासमेत महत्त्वपूर्ण रहने धारणा राखे। 

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरूले विगतमा संविधान र कानुनमा आक्रमण हुँदा आवाज उठाएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानुन पालना भए/नभएको निरन्तर निगरानी गरिरहनुपर्ने सुझाव दिए। 

उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भीड वा सामाजिक सञ्जाल हेरेर निर्णय गर्न नहुने टिप्पणी गर्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .