राजनीति


हिउँदे अधिवेशनमा उपस्थित हुन सांसदहरूलाई संसद् सचिवालयको आग्रह

हिउँदे अधिवेशनमा उपस्थित हुन सांसदहरूलाई संसद् सचिवालयको आग्रह

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार १३:३, काठमाडौँ

संघीय संसद्को हिउँदे अधिवेशनमा उपस्थित हुन संसद् सचिवालयले सांसदहरूलाई आह्वान गरेको छ।

बुधबार जरुरी सूचना जारी गर्दै संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरेका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी माघ २२ गते सोमबार दिउँसो ४ बजे बस्नेगरी संसद्को अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .