राजनीति


एमाले धादिङको अधिवेशन स्थगित, बन्दसत्र अब फागुन १ गते मात्रै

एमाले धादिङको अधिवेशन स्थगित, बन्दसत्र अब फागुन १ गते मात्रै

नेपालखबर
माघ २३, २०८० मंगलबार १८:१, काठमाडौँ

दुई गुटबीच विवाद चर्किँदा भएको कुटाकुटपछि रोकिएको नेकपा एमाले जिल्ला कमिटी धादिङको अधिवेशन तत्काललाई स्थगित भएको छ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आफूपक्षीय डा. रामकुमार अधिकारीलाई जिताउन चलखेल गरेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। 

यही माघ २१ गतेदेखि सुरु अधिवेशनमा बागमती प्रदेश अध्यक्ष ढुंगेललाई रोक्न एमाले धादिङका वर्तमान अध्यक्ष भूमि त्रिपाठी समूह उत्रिएपछि विवाद बढ्दा बन्दसत्रस्थलमै हात हालाहाल भएको थियो। 

माघ २१ गतेबाट सुरु भएको बन्दसत्र आन्तरिक तयारी गर्नुपर्ने भन्दै अध्यक्षमण्डलले फागुन १ गतेसम्मलाई रोकिदिएको हो।

मंगलबार एमाले केन्द्रीय संगठन विभागले अधिवेशन स्थगित गर्ने गरी पत्र पठाएको छ। त्यहीअनुसार तत्काललाई स्थगित गरेर फागुन १ गते बन्दसत्र सुचारु हुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले बताए। 

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटालाई अध्यक्षमण्डलको अध्यक्ष बनाएका थिए। त्यसलाई लिएर पनि प्रदेश अध्यक्ष  कैशाल ढुंगेल पक्षधर नेताहरू विरोधमा उत्रिएका थिए।

त्यही विवादपछिको झडपमा कुटपिटमा एकजनाको हात भाँच्चिएको थियो। गत शनिबार साँझ बन्दसत्रमा दस्तावेज प्रस्तुत गर्दा धक्कामुक्काका क्रममा एमाल कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .