प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक डाकेको छ।
एमालेको सचिवालय बैठक बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ।
सचिवालय बैठकको प्रस्ताव तयार पार्न केन्द्रीय कार्यालयको बैठक बुधबार नै बसेको छ।
सचिवालय बैठकमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचन र गठबन्धन सरकारको कामबारे समीक्षा गरिने छ।
महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय पनि बताइएको छ। कार्यालय बैठकबाट सचिवालय बैठकको कार्यसूची तयार गरिएको छ।
एमाले आगामी फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा छ। सरकारविरूद्ध आन्दोलनको तयारी पनि एमालेले गरिरहेको छ।
एमालेले यसअघि नै आन्दोलनको तयारी थाल्न भनिसकेको छ। एमालेले चाँडै देशका मुख्य सहरमा विरोध सभा गर्ने भएको छ।
Shares
प्रतिक्रिया