राजनीति


म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मानेनन् : ओली

म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मानेनन् : ओली

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएको दाबी गरेका छन्। 

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘म प्रधानमन्त्री हुँदा टुंग्याउन साह्रै कोसिस गरेको हो, तर त्यतिबेला प्रचण्डजी र शेरबहादुरजीले मान्नुभएन,’ उनले अगाडि भने, ‘के सोख हो उहाँहरूको थाहा भएन।’

उनले आफूले धेरै आग्रह र अनुरोधसमेत गरेको बताए। उनले अहिले यसलाई हतियार बनाउन खोजिएको पनि बताए। अहिले पीडक पक्ष नै राज्य सञ्चालनमा भएकोले पीडितले न्याय नपाउने दाबी गरेका छन्। 

‘अहिले पीडितमैत्री नहुन सक्ने सम्भावना धेरै छ। किनभने त्यसबेलाका विद्रोहीहरूको तर्फबाट पीडा दिने समूहको पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। क्रान्तिका नाममा पीडा दिने प्रधानमन्त्री, अर्को राज्यका नाममा हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ। दुवै पीडक पक्ष राज्य सञ्चालनमा छन्। पीडकले न्याय दिन खोज्दा आफ्नो हित केन्द्रभागमा राखेर गर्न खोज्छ,’ ओलीले भने। 

उनले पीडित हुनेको प्राथमिकताको विषय नभई आफैं प्राथमकिताको विषय बनेको पनि बताए।

‘पीडित हुनेको प्राथमिकताको विषय होइन, आफैँ प्राथमिकताको विषय हो। यसलाई टुंग्याउन पर्ने सरकारले हो, तर दुवैथरी पीडकको सरकार अहिले बनेको छ,’ उनले भने। 

स्वेच्छाकारी ढंगले सजाय घटाउने कुरा पीडितको उपहास हुने काम भएको बताए। ‘खाटा बसेको घाउमा मल्हम लगाउनपर्नेमा नुनचुक हाल्न खोजियो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .