ad ad

राजनीति


रास्वपाको चेतावनी– अब संसद् मात्र होइन, सडक पनि अवरुद्ध हुन्छ

रास्वपाको चेतावनी– अब संसद् मात्र होइन, सडक पनि अवरुद्ध हुन्छ

नेपालखबर
फागुन १०, २०८० बिहिबार ११:४६, काठमाडौँ

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मात्रै नभई सडक पनि अवरुद्ध पार्ने चेतावनी दिएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिएका थिए। 

‘सभामुख महोदयमार्फत सरकालाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ। तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन भने प्रतिपक्षले संसद् चल्न दिएन, प्रतिपक्षीको नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद् मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ,’ उनले भने।

साथै, उनले संसदप्रति सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको भन्दै प्रश्न गरे। 

‘संसद्प्रति सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ। ती दुई युवा र परिवारलाई सरकारले के दियो?,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .