ad ad

राजनीति


उपप्रधानमन्त्री खड्काले भने : सरकारमा गएर शीर झुकाउने गरि काम गरेका छैनौँ

उपप्रधानमन्त्री खड्काले भने : सरकारमा गएर शीर झुकाउने गरि काम गरेका छैनौँ

तस्बिर : सरोज बैजु


सरोज बैजु
फागुन १०, २०८० बिहिबार १९:२, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शीर निहुरिने गरि नेपाली कांग्रेसका मन्त्रीले काम नगरेको दाबी गरेका छन्। 

चार दिनदेखि महासमिति बैठक समापन समारोहमा बिहीबार साँझ बोल्दै उनले आफूहरूमाथि आरोप लागे पनि सबै ९ जना मन्त्रीले सुशासन र भ्रष्टचारविरुद्ध काम गरिरहेको दाबी गरे। 

खड्काले महासमिति बैठकबाट सरकारबारे आएका सुझाव शिरोपर गर्ने र त्यसअनुरुप नागरिक सेवा प्रदान गर्ने पनि जिकिर गरे। 

‘हामी ९ जनाले सरकारमा गएर आजसम्म साथीहरूको शीर झुकाउने गरि गलत काम गरेको छैन,’ उनले भने,‘बरु भ्रष्टाचार निवारण जन सेवामा प्रयास गेको छौँ। कमजोरी सच्याउने प्रयास गरेका छौँ। हामी सरकारमा छौँ। महासमितिको सुझाव अनुसार सुधार गर्दै कमजोरी सच्याउन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .