ad ad

राजनीति


बालकुमारी घटनाले अप्ठ्यारोमा एकीकृत समाजवादी, मन्त्री ज्वालाबारे निर्णय गर्न सकेन

बालकुमारी घटनाले अप्ठ्यारोमा एकीकृत समाजवादी, मन्त्री ज्वालाबारे निर्णय गर्न सकेन

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १९:३०, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको विषयमा अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ।

पार्टीका उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म जाँचबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदन अध्ययन गर्न नपाइएको बताए।

यस्तोमा समाजवादीका उपमहासचिवसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई के कारणले दोषी भनिएको भन्ने पनि जानकारी नभएको खतिवडाले बताए। 

‘हामी आफैँ अप्ठेरोमा परेका छौँ। प्रधानमन्त्रीले प्रस्तुत गरिएको प्रतिवेदनलाई क्याबिनेटले अध्ययन गरेपछि त्यसको निष्कर्षका आधारमा अघि बढ्ने भन्नुभएको छ। उहाँले अध्ययन गरिसक्नुभएको छैन। प्रतिवेदन हामीले पढ्न पाएका छैनौँ,’ उनले भने। 

खतिवडाले आफ्नो पार्टीबाट मन्त्री भएका ज्वालाले गृह र श्रम दुवै मन्त्रालयको जिम्मेवारी नलिएको भन्दै सञ्चारमाध्यममा आएका समाचारप्रति आफूहरूको ध्यान केन्द्रित रहेको बताए। 

‘प्रतिवेदनमा कसलाई कुन आधारमा कसरी दोषी देखाइयो भन्ने जानकारी प्राप्त गर्न नसकेको अवस्था छ। सञ्चारमाध्यममा लेखिएका केही समाचारले हाम्रो ध्यान केन्द्रित गरेको छ। प्रतिवेदन अध्ययन नगरिएकोले निष्कर्ष निकाल्न सकेका छैनौँ,’ उनले भने। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकाल्ने निष्कर्षको प्रतिक्षामा आफूहरू रहेको पनि बताए। 

‘गोली हान्ने गृह मन्त्रालय वा गृहमन्त्री पनि होइन प्रकाश ज्वालाजी, ईपीएसको समस्या समाधान गर्ने श्रममन्त्री पनि होइन उहाँ। के कारणले दोषी देखाइयो भन्ने घटनाक्रम बुझ्न सकिएन। हामीले प्रतिवेदन नहेरि निकर्ष निकाल्न सकेनौँ। प्रधानमन्त्रीले निकालेको निष्कर्षको प्रतिक्षामा छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .