राजनीति


सभामुखलाई माओवादी सांसदको प्रश्न : तपाईंलाई आनन्द आएका कुरामा मात्रै बोल्न पाइने?

सभामुखलाई माओवादी सांसदको प्रश्न : तपाईंलाई आनन्द आएका कुरामा मात्रै बोल्न पाइने?

तस्बिर : रासस


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १२:५७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद माधव सापकोटा 'सुवोध'ले सभामुख देवराज घिमिरेको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सभामुखलाई सिधा प्रश्न गर्न नपाउने आफूलाई जनकारी भएको उल्लेख गर्दै संसद् नियमावली पढ्नसमेत सुझाए। 

‘यो संक्षिप्त भनेको कति समय हो? मलाई मन लागुन्जेल बोल्न पाउने हो? सभामुखको तजविजमा वा तपाईंलाई आनन्द आएका कुरामा मात्रै बोल्न पाइने हो?,’ सांसद सापकोटाले सोधे।

सांसद राजन केसीले बोल्दैगर्दा प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदहरू आक्रमक भएका थिए। 

‘माननीय राजन केसीले राखेको कुरामा नियमापत्ति भएको भए त्यही अनुसार हुनुपर्थ्यो। संख्याको बल छ भन्दैमा ढ्यापढ्याप पारेर हाम्रा कुरा कुण्ठित गर्न पाइँदैन,’ सापकोटाले भने। 

सांसद सापकोटाले सभामुखलाई फेरि भने, ‘मलाई थाहा छ सम्माननीय सभामुखलाई सिधा सिधा प्रश्न गर्न पाइँदैन। यो कुरा पनि थाहा छ, सभामुखलाई त्यो रोष्ट्रममा बस्दा तपाईंका कानमा राम्रा स्वर सुनिएन भने बीचमै रोक्न पाइँदैन भन्ने कुरा संसद्को नियमावलीको धारा २१ को 'ङ' ले भन्छ।’

उनले ससंद्मा उक्त बुँदा पढेर पनि सुनाएका थिए। यसैबीच तीनजना मन्त्रीबारे जवाफ माग्दै एमाले र राप्रपाका सांसदले संसदमा अवरोधसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .