ad ad

राजनीति


कानुनका सहसचिव र उपसचिवसहित १६८ कर्मचारीको सरुवा तथा पदस्थापन

कानुनका सहसचिव र उपसचिवसहित १६८ कर्मचारीको सरुवा तथा पदस्थापन

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १९:२०, काठमाडौँ

न्याय सेवा आयोगले कानुन समूहका सहसचिव र उपसचिवसहित १६८ कर्मचारीको सरुवा तथा पदस्थापनको निर्णय गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले कानुन मन्त्रालयका सहसचि निर्मला अधिकारी भट्टराईलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका सहसचिव धर्मराज कुइकेललाई कानुन मन्त्रालयमा सरुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालयका कानुनका सहसचिव दलबहादुर अधिकारी कानुन मन्त्रालयमा सरुवा हुँदा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव किशोर कुमार चौधरी राष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्। पछिल्लो समय उनी काजमा मधेश प्रदेशमा कार्यरत थिए।

बागमती प्रदेशका सचिव विनोदकुमार भट्टराई कोशी प्रदेशमा सरुवाका लागि सिफारिस भएका छन्।

यस्तै सरकारी वकिल समूहका २ सहसचिवको सरुवा भएको छ। उच्च सरकारी कार्यालय नेपालगञ्ज दरबन्दी भई बेपत्ता छानविन आयोगमा सहन्यायाधीवक्ता कृष्णराज पन्त उच्च सरकारी वकिल कार्यालय जुम्लामा सरुवा भएका छन्।

दिपायल दरबन्दी भई महान्यायाधिवक्ताको कार्यालयमा काजमा रहेका गोबिन्द खनालको दरबन्दी महान्यायाधिवक्ताकै कार्यालयमा सरुवा गर्न पनि सिफारिस गरिएको छ।

यस्तै उपसचिव तथा शाखा अधिकृतहरुलाई पनि सरुवा गर्न सिफारिस भएको छ। केहीलाई पदस्थापन गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .