राजनीति


२५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानुन संशोधन होस् : सुनील शर्मा

२५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानुन संशोधन होस् : सुनील शर्मा

नेपालखबर
फागुन १३, २०८० आइतबार १५:३१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले पर्यटकहरूले २५ हजारभन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानुन तत्काल संशोधन गर्न माग गरेका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले गत फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार भारु ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकमभन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरेका हुन्।

उनले पर्यटकमैत्री देश बनाउने हो र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए।

उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानुन बनाइएको हो वा डुबाउन भनेर प्रश्न पनि गरे। उनको भनाइ थियो- नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो?

उनले भने, ‘म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई, तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो? २५ हजारभन्दा बढी आईसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक पैसा नभएका भिखारीलाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो?’

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .