ad ad

राजनीति


राजेन्द्र महतोले निषेधित क्षेत्र तोड्न खोज्दा... (तस्बिरहरू)

राजेन्द्र महतोले निषेधित क्षेत्र तोड्न खोज्दा... (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
फागुन १६, २०८० बुधबार १५:३९, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर छुट्टै अभियान थालेका राजेन्द्र महतो बुधबार काठमाडौंबाट पक्राउ परेका छन्। 

नक्सालबाट सुरु भएको प्रदर्शन भद्रकाली क्षेत्रमा पुगेपछि प्रहरीसँग झडप भएको थियो। भद्रकालीमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले महतोसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

माइतघीर मण्डलको निषेधित क्षेत्र तोड्ने योजनासहित अघि बढेका उनीहरूलाई सुरक्षाकर्मीले भद्रकालीमा रोकेर पक्राउ गरेका हुन्। 

महतोले थालेको निषेधित क्षेत्र तोड्ने अभियानमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका सुमन सायमी पनि जोडिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .