राजनीति


नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्  : राष्ट्रपति

नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्  : राष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार ७:३७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैँ राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन्।

आज नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पौडेलले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको स्मरण गरेका छन्।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनेका छन्, ‘संविधान प्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढङ्गले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पु¥याउदै आएको योगदानकोख प्रशंसा गर्न चाहन्छु।’ 

राष्ट्रपतिले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतका विविध क्षेत्रमा नेपाली सेनाको सहभागिता सम्पूर्ण रहेको बताएका छन्। उनले नेपाली जनता तथा नेपाल सरकारको लागि सेना भरोसाको केन्द्रको रूपमा स्थापित रहेको उल्लेख गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .