राजनीति


मन्त्री पद गुमेपछि किराँतीलाई साम्पाङको कटाक्षः अब गीत रिलिज गर्दै बस्नु

मन्त्री पद गुमेपछि किराँतीलाई साम्पाङको कटाक्षः अब गीत रिलिज गर्दै बस्नु

नेपालखबर
फागुन ३०, २०८० बुधबार २२:१६, काठमाडौँ

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्री पदबाट हटाइएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्।  

पदमा छँदा धरान क्षेत्रमा विमानस्थल बनाउने निर्णय गराउन नसकेको भन्दै रुष्ट मेयर साम्पाङले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किराँतीको मन्त्री पद गएपछि रिस फेरेका हुन्। 

‘दाँत हुँदै मकै चपाइराख्नु। पदमा हुँदै हिम्मत गरेर ठूला काम गर्नु भनेर भन्दा सुनेनन्’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब गीत रिलिज गर्दै बस्नु। कुलको नाम राख्न सक्नु भएन। के भन्नु?’

सुदन पर्यटन मन्त्री छँदा नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गर्दा धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि आक्रोशित मेयर साम्पाङले किराँतीविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज गरिरहेका थिए।

उनले त्यसबेला पनि सुदनलाई कुलको इज्जत राख्न नसकेको भनी टिप्पणी गरेका थिए। 

यसैबीच माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै यही फागुन २१ गते एमालेलगायतसँग नयाँ गठबन्धन गरेपछि पुराना सबै मन्त्रीसँगै किराँतीको पनि पद गएको थियो। 

त्यसको ५ दिनपछि फागुन २६ गते किराँतीले ‘पलपल बगिरहेछु’ गीत सार्वजनिक गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .