राजनीति


मन्त्रीलाई काममा अनुचित दबाब र सिफारिस गर्नेको सदस्यता रास्वपाले खारेज गर्ने

मन्त्रीलाई काममा अनुचित दबाब र सिफारिस गर्नेको सदस्यता रास्वपाले खारेज गर्ने

नेपालखबर
चैत ४, २०८० आइतबार १०:३०, काठमाडौँ

रास्वपाले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेकाे साधारण सदस्यतासमेत खारेजसम्म गर्न सकिने निर्णय गरेको छ।

आज (आइतबार) बिहान बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा‍.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले यस्तो निर्णय गरेको हो।

रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन नेताबीच  बैठक बस्नेछ।

आजको बैठकको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिने निर्णय गरेकाे छ। आज (आइतबार) रास्वपाको दोश्रो बैठक बसेको हो। बैठकले विभिन्न पाँच बुँदे निणय गरेको छ।  
हेर्नुहोस् रास्वपाका पाँच निर्णय

१. मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ। 

२. राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ। यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ। 
३. मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ। 
४. मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ। 
५. सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .