ad ad

राजनीति


संसद्‍मा कांग्रेसले भन्यो : गृहमन्त्रीविरुद्ध सहकारी ठगीका प्रमाण छन्, संसदीय समिति बनाऊँ

संसद्‍मा कांग्रेसले भन्यो : गृहमन्त्रीविरुद्ध सहकारी ठगीका प्रमाण छन्, संसदीय समिति बनाऊँ

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १४:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान लिएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा अहिलेसम्म भएको अभ्यासअनुसार गृहमन्त्रीबारे पनि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका हुन्। 

‘हामी भन्छौँ, गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण छ छन्। छानबिन समिति गठन गरौँ प्रमाण छ कि छैन थाहा हुन्छ’, उनले भने, ‘हाउसको कामलाई निरन्तर अवरुद्ध गर्नु हुँदैन भनेर प्रधानमन्त्रीले भन्नु भयो। हामी सदनलाई अवरुद्ध गरेर बजेटका कुरादेखि विधेयकलाई रोक्न चाहँदैनौँ।’

उनले कांग्रेसका यी कुरालाई यदि गम्भीरतापूर्वक नलिए सरकार आफैंले हाउस अवरुद्ध गरेको मानिने पनि बताए।

‘त्यसको जिम्मा सरकारले लिनुपर्छ। एउटा संसदीय समिति गठन गरौँ र दूधको दूध पानीको पानी छुट्याऊँ’, उनले भने। 

मंगलबार नै बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी प्रकरणमा कुनै निकायबाट छानबिन नगरेको र दोषी पनि नदेखाएको जवाफ दिएका थिए। 

कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ।

लामिछानेमाथि लागेको उक्त आरोपबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाएका थिए। 

पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि उनको भनाइ थियो।

गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले बिमत्ति जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .