ad ad

राजनीति


बझाङ प्रदेशसभा उपनिर्वाचन : एमालेको टिकट दमनबहादुर भण्डारीलाई

बझाङ प्रदेशसभा उपनिर्वाचन : एमालेको टिकट दमनबहादुर भण्डारीलाई

नेपालखबर
चैत ११, २०८० आइतबार १४:४२, काठमाडौँ

नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) का लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ।

आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने निर्णय गरेको हो। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटी बझाङको प्रदेश सभा निर्वाचनमा उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको थियो। 

उपनिर्वाचनका लागि एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी, जिल्ला सदस्य जुनाकुमारी जाग्री र राधा विष्ट(खत्री) को नाम सिफारिस गरिएको थियो। सिफारिसमध्येबाट भण्डारीले टिकट लिन सफल भएका हुन्। 

बझाङबाट सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ गते भएको सडक दुर्घटनामा निधन भएको थियो

बझाङको  केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन भएपछि उकत् स्थान रिक्त थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .