ad ad

राजनीति


दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत १२, २०८० सोमबार १५:५४, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै कार्कीलाई सोमबार नै राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाएका छन्

गत फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो। 

कार्कीले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हालेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .