राजनीति


धरानका मेयर हर्क साम्पाङको टिप्पणी– रास्वपा भ्रम मात्रै हो

‘इलाममा भेला भएकाभन्दा ठूलो भिड लिएर श्रमदान गर्न गाको थेँ’
धरानका मेयर हर्क साम्पाङको टिप्पणी– रास्वपा भ्रम मात्रै हो

नेपालखबर
चैत १७, २०८० शनिबार १९:१८, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रम मात्रै रहेको टिप्पणी गरेका छन्। 

शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले रास्वपालाई भ्रमको संज्ञा दिँदै आज इलाममा जम्मा पारेका जति मान्छे आफूले श्रमदानमै लगेको टिप्पणी गरेका हुन्। 

शनिबार रास्वपाले इलाम–२ का उम्मेदवारको औपचारिक घोषणा सभा आयोजना गरेका थियो। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेसहितको उपस्थितिमा इलाम नगरपालिकास्थित लाकुरी चौतारामा विशेष कार्यक्रम आयोजना गरेको थियो। 

सो कार्यक्रममाथि कटाक्ष गर्दै मेयर साम्पाङले भनेका छन्, ‘रास्वपा एउटा भ्रम मात्रै हो! जति इलाममा आज भेला भएका थिए त्यो भन्दा ठूलो भिड लिएर म भीरपाखामा श्रमदान गर्न गाको थेँ आज!’

इलाममा रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। लिम्बूले केही समयअघि धरान पुगेर मेयर साम्पाङसँग भेट समेत गरेका थिए। 

भेटमा उनले साम्पाङलाई स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए। तर, लिम्बू रास्वपा प्रवेश गरेर टिकट लिएका छन्। 

सामाजिक सञ्जालमा लिम्बूले केही समयअघि साम्पाङमाथि गरेको टिप्पणी भाइरल भइरहेको छ। ९ जुन २०२३ मा लिम्बूले सामाजिक सञ्जालमार्फत नै साम्पाङको नाम नलिइ ‘श्रमदान’माथि टिप्पणी गरेका थिए। 

‘एउटा मुर्खले श्रमदान भनेर दुनियाँलाई मुर्ख बनाए’ लेखिएको उक्त पोस्टसमेत सेयर गर्दै मेयर साम्पाङले ‘हाहा’ इमोजी सेयर गरेका छन्। 

लिम्बू र साम्पाङबीचको यो जुहारीमा धेरै सामाजिक सञ्जाल प्रयोकर्ताले टिप्पणी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .