राजनीति


संवैधानिक परिषद्को बैठकलगत्तै बालुवाटारमा सत्ता गठबन्धनको बैठक

संवैधानिक परिषद्को बैठकलगत्तै बालुवाटारमा सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार ११:२५, काठमाडौँ

 सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको हो।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्।

यसअघि प्रधानमन्त्री निवासमै संवैधानिक परिषद्को बैठक बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .