राजनीति


एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी

नेपालखबर
चैत २०, २०८० मंगलबार १३:४४, काठमाडौँ

नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी भएका छन्।

चौतारामा भएको १० औं जिल्ला अधिवेशनबाट श्रेष्ठ नेतृत्वको जिल्ला कमिटी चयन भएको हो। 

अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५४ सालमा २२ वर्षको उमेरमै तत्कालीन पाङताङ गाउँ विकास समितिको अध्यक्ष बनेका थिए। यसअघि उनी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष भएका थिए। 

पञ्चायतकालमा उनका बुवालाई गोली हानेर हत्या गरिएको थियो।  त्यसपछि श्रेष्ठ पनि राजनीतिमा होमिएका थिए। 

सहमतिको प्रयास सफल नभएपछि निर्वाचनमा गएर नयाँ नेतृत्व चयन गरिएको हो।

अधिवेशनबाट गाउँपालिका महासंघका पूर्वअध्यक्ष श्रेष्ठ अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिस्पर्धी कमल नेपाललाई पराजित गरे।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिवमा शिवहरि सापकोटा र सुशील पाख्रिन विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .