राजनीति


बागमतीमा एमालेबाट चार मन्त्रीले लिए शपथ

बागमतीमा एमालेबाट चार मन्त्रीले लिए शपथ

तस्बिर : सुनिता विष्ट


नेपालखबर
चैत २०, २०८० मंगलबार १८:२१, हेटौंडा

बागमती प्रदेशमा नेकपा एमालेबाट नवनियुक्त चार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धार १६८ को उपधार ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

प्रकाश श्रेष्ठले उद्योग वाणिज्य, भूमि तथ प्रशासन मन्त्री, केशव प्रसाद पोखरेल वन तथा वातारण मन्त्री, एकालाल श्रेष्ठ खानेपानी उर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रीको शपथ लिएका छन्।

शपथ लिएकामध्ये तीनजना दोस्रो पटक मन्त्री पदमा नियुक्त भएका हुन्। 

अघिल्लो पटक ४ मन्त्रालय पाउँदा ११ माघ २०७९ मा मन्त्री बनेका एकालाल, रामेश्वर र केशवप्रसाद दोस्रो पटक मन्त्री बनेका हुन्।

उद्योग मन्त्रालयमा नियुक्त भएका प्रकाश श्रेष्ठ नयाँ हुन्।

यससँगै १२ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय पाएको छ।

यसअघि आइतबार एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .