राजनीति


एमाले सांसद पन्तले भने : दलनिकट कर्मचारी संगठन खारेज गरौँ

एमाले सांसद पन्तले भने : दलनिकट कर्मचारी संगठन खारेज गरौँ

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १७:३८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीमा एउटा ट्रेड युनियन नचाहिने बताएका छन्। 

प्रतिनिधि सभाको बैठकमा बुधबार निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले एकभन्दा बढी र दलनिकट कर्मचारी ट्रेड युनियन नचाहिने बताए।

यसोभन्दा आफ्नो पार्टीनिकट कर्मचारीहरूले गाली गर्न सक्ने बताउँदै उनले गाली खान तयार भएर यसबारे बोल्न थालेको उल्लेख गरे। 

दलनिकट ट्रेड युनियन हटाउन एउटा राजनीतिक दलले चाहेर नहुने बताएका उनले यसमा प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको उल्लेख गरे।

‘दलैपिच्छेका ट्रेड युनियन हटाउन प्रधानमन्त्रीले पहल लिनुपर्‍यो। नेता त्यो हो जसले राष्ट्रको हित हेर्छ', उनले भने, 'यो आँट कुनै दल एमाले, कांग्रेस, माओवादीले गरेर वा चाहेर हुँदैन। प्रधानमन्त्रीले पहल गर्नुपर्छ।’ 

दलैपिच्छेका ट्रेड युनियन हटाएर एउटा ट्रेड युनियन राखे हुने उल्लेख गर्दै उनले हिम्मत गरेर पहल लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .