अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट दुई मन्त्री थपिएका छन्।
प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त भएका छन्।
प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना राज्यमन्त्री नियुक्त भएका हुन्।
आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो।
यसअघि उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए।
नवनियुक्त मन्त्रीद्वयले आजै शपथ लिने तयारी छ।
हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए।
1.5k
Shares

प्रतिक्रिया